धनगढी, ५ कात्तिक/ सुदूरपश्चिम समाज, कोरियाको नयाँ कार्य समिति चयन भएको छ । असोज २७ गते ९शनिबार साँझ० बसेको बैठकको निर्णय बमोजिम कार्य समिति चयन गरिएको हो ।
कार्यसमितिको अध्यक्षमा दिलबहादुर मडै सर्वसम्मत चयन भएका छन भने बरिष्ट उपाध्यक्षमा दिपेन्द्र रोकाया चयन भएका छन । उपाध्यक्षमा टंकेश्वर खडका, विकास बोहरा र प्रेम खड्का चयन भएका छन । यस्तै महासचिवमा कृष्ण भण्डारी, सचिवमा नेत्र कुँवर, दशरथ पाली कोषाध्यक्षमा तीर्थराज पनेरु सह(कोषाध्यक्षमा झलक बिष्ट चयन भएका छन । सदस्यमा रमेश साउद, चन्द्रसिह साउद, हेमराज जैशी, दिनेश थापा, विन्दकुमार सिह, मेघराज कट्टेल र रणबहादुर चलाउने चयन भएका छन ।
जिल्ला संयोजकमा डम्बर न्यौपाने (कैलाली), नवराज तिमिल्सिना (अछाम), रमेशराज भट्ट (बझाङ्ग), टेकराज ओझा (डोटी), चक्र महतरा (बाजुरा), एक्सकुमार कठायत (बैतडी), हरिसिह जोरा (डडेलधुरा), उत्तम थापा (कञ्चनपुर),रूक्मा बम (दार्चुला) चयन भएका छन ।
