धनगढी, २५ असोज/कैलालीको गोदावरी १ विजौरामा “आदि शंकराचार्य योग तथा प्राकृतिक चिकित्सालय स्थापनाका गर्ने पहल सुरु भएको छ ।श्री जयेन्द्र सरस्वती स्वर्णमहोत्सव कोष कोषको बिजौरामा रहेको जमिनमा निर्माण गर्न स्वास्थ्य मन्त्रालय प्रदेश सरकारका निकाय आदिहरूमा प्रस्तावहरू पेश गरेका छ । कोषको काठमाण्डौमा भेला गरी संस्थाको साधारण सभा गरी संस्थाका गतिबिधि बढाएर सो स्थापनाका लागि पहल गर्ने भएको हो ।
काठमाण्डौमा भएको भेलाले श्री जयेन्द्र सरस्वती स्वर्णमहोत्सव कोष साधारण सभा गरी संस्था पुर्नगठन समेत गरेको छ । भेलाबाट कोषको अध्यक्षमा रमणचन्द्र श्रेष्ठ सर्बसम्मत चयन भएका छन् । काठमाण्डौमा भएको संस्थाको भएको २५ औं महासभाबाट निर्वतमान सचिव श्रेष्ठलाई सर्बसम्मत अध्यक्ष बनाईएको हो । समितिको उपाध्यक्ष पवित्राधिक्त पाण्डेय, सचिव प्रकाश देउवा, कोषाध्यक्ष बालमुकुन्द जोशी चयन भएका छन् । सदस्यमा श्रवण देउवा, डण्डीराज जोशी र बिष्णु बडैला चयन भएका छन् ।
२०५५ सालमा श्री जयेन्द्र सरस्वती स्वर्ण महोत्सव कोषको स्थापना गरि तत्कालिन समयका कार्यसमितिका सदस्यज्यूहरूको सक्रियतामा मेडिकल कलेज निर्माणका प्रक्रियाका अघि बढाएको थियो । त्यसपछि मेडिकाल कलेज निर्माणको अभियान सुरु भएको थियो । द्वन्द्वको समयमा संस्था सामाजिक गतिबिधि गर्न नसकेपछि सुस्ताएको थियो । पछि बिभिन्न सरोकारवालाको संयुक्त पहल पछि सो क्षेत्रमा मेडिकल कलेज निर्माण भैसकेपछि अहिले कोषले नेपाल सरकारले ७ वटै प्रदेशमा योग तथा प्राकृतिक चिकित्सालय खोल्ने निर्णय भए अनुसार योग तथा प्राकृतिक चिकित्सालय खोल्न पहल गर्ने भएको अध्यक्ष रमणचन्द्र श्रेष्ठले बताएका छन् ।
कोषले “आदि शंकराचार्य योग तथा प्राकृतिक चिकित्सालय नामाकरण गरि गो.न.पा. वडा नं. १ विजौरामा निर्माण गर्न स्वास्थ्य मन्त्रालय प्रदेश सरकारका निकाय आदिहरूमा प्रस्तावहरू पेश गरेका छ । हाल चिकित्सालय खोल्नका लागि कोष कैलालीको गोदावरी नगरपालिका १ विजौरामा ८ विगाह ६ कट्ठा जग्गा श्री जयेन्द्र सरस्वतीको नाममा कायम रहेको छ ।