धनगढी, २२ असोज / धनगढी उपमहानगरपालिकाले आज पालिकामा शोक बिदा दिएको छ । धनगढी उपमहानगरपालिका-१४ का वडा सदस्य मान बहादुर खत्रीको ६६ वर्षको उमेरमा निधन भएको हुँदा आज शोक बिदा दिइएको हो ।
आइतबार उनको उपचारका क्रममा काठमाडौँमा निधन भएको हो । उपमहानगरपालिकाले आज अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।