बझाङ, १७ असोज / बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय द्धारा सदरमुकाम चैनपुरमा भुकम्प प्रभावि क्षेत्र र स्तथानीयको बसोवास व्यावस्थापनबारे छड्के अनुगमन गर्नु भएको छ । बझाङमा भुकम्पले ३३६ निजी तथा सरकारी भवनहरूमा क्षति केहि भत्केका र केहि चर्केका छन् ।
मंगलबार दिउसो २:४० मिनेटमा बझाङ को तलकोट केन्द्र बिन्दु बनाएर ५.३ म्याग्निचुटको भुकम्प गएको थियो भने फेरि ३:०६ मिनेटमा बझाङ सदरमुकाम चैनपुर केन्दबिन्दु भएर ६.३ म्याग्नेचुटको भुकम्प गएको भुकम्प मापन केन्द सुर्खेतका कर्मचारी तिर्थराज दाहालले जानकारी दिनु भयो । भुकम्पको पहिरोमा परि जयपृथ्वी नगरपालिका ११ अन्दाजी बर्ष ४० की गुनमति देवि धामीको बेपत्ता पश्चायात अहिले खुट्टा फेलापरेको प्रहरीले बताएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी मृतकको खाजी कार्यमा खटिरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । जिल्लामा अहिले सम्म प्राप्त जानकारी अनुसार २१ सरकारी भवन र ३१५ निजी भवनहरू चर्केका र केहि भत्तकेको भन्ने खबर प्राप्त भएको छ ।
भुकम्प बाट बझाङका दजनौ घर, बिद्यालयमा क्षति भएको छ भने केहि व्यक्तिहरू सामान्य घाईते भएका छन् तर मानविय क्षति भने एक जना मात्र भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । अझै थप जिल्ला भरीको बिवरण आउन बाकी छ । अन्तरजिल्ला जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हुदाँ सुचारू गर्ने कार्य भैरहेको छ । आज बिहान १० बजे जिल्ला प्रशासन कार्यालय बझाङमा आपतकालिन बिपत व्यावस्थापन समितिको बैठ्भक बस्ने भएको छ । बझाङबासीले खुल्ला आकाशमुनी रेडक्रसले वितरण गरेको त्रिपाल मुनी रात र दिन काटिरहेका छन् ।
