धनगढी, १७ असोज/बझाङमा गएको भूकम्पमा परी एकदर्जन भन्दा बढी मानिसहरू घाइते भएका छन् ।मंगलबार दिउँसो २ः४० बजे बझाङको तलकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर गएको ५.३ म्याग्नेच्युड, दिउँसो ३ः०६ बजे जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु बनाएर गएको ६ं३ म्याग्नेच्युडको भूकम्प र त्यसपछि गएका पाँचवटा परकम्पमा परी एक दर्जनभन्दा बढी नागरिक घाइते भएका हुन् ।
परकम्प गइरहेको हुँदा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बझाङले अनुरोध गरेको छ ।भूकम्पबाट निजी आवासलगायत सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूको समन्वयमा सुरक्षा निकायहरू परिचालन भइ तत्कालको खोज, उद्धार एवं राहतको कार्य भइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।