धनगढी, १४ असोज / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशद्वारा नेपालको शिक्षाको समग्र अवस्था, चुनौती र समाधान विषयमा शिक्षा कार्यशाला सम्पन्न भएको छ ।
शनिबार महेन्द्रनगरको भिमदक्त नगरपालिकामा शिक्षाविद्, विभिन्न विद्यालयका शिक्षकहरूको उपस्थितिमा एक दिने शिक्षा कार्यशाला सम्पन्न भएको हो ।
त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रा.डा. बद्रिनारायण गौतमद्वारा प्रस्तुत कार्यपत्रमा सुदूरपश्चिम विश्वविद्यालय विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहाय डिन डा. मदन सिंह देउपा र कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा.राजेन्द्रवीर चन्दज्यूले टिप्पणी गर्नु भएको थियो भने सुदूरपश्चिम विश्वविद्यालय मानविकी संकायका डिन प्रा.डा.मुकुन्द कलौनीले सत्रको अध्यक्षता गर्नुभएको थियो ।
शिक्षा कार्यशालामा परिषद्का प्रदेश अध्यक्ष पृथ्वीराज अवस्थीको संयोजकत्वमा सम्पन्न कार्यशालामा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीको प्रमुख आतिथ्यता रहेको थियो भने परिषद्का राष्ट्रिय सह(संगठन सचिव रमेश कण्डेल, राष्ट्रिय सचिव दिवस पोख्रेल र सुप प्रदेश सह-सचिव विनिता कुँवरको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सुदुरपश्चिम प्रदेश सह- संगठन सचीव मणिराम चौलागाईले बताउनु भयो ।