धनगढी, १० असोज / कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना भएको छ। कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँ बिचकापुरुवा चोकमा मोटरसाइकल दुर्घटना हुँदा भजनी नगरपालिका-का २३ वर्षीय मोहन चौधरी घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार से. ५ प. ३४३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । घाइते भएका चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ।