धनगढी, ९ असोज/कैलालीको गौरीगंगाका युवा नेता छत्र बमले आन्दोलनरत शिक्षकहरुलाई काठमाण्डौमा दुई दिनको खाना र आवासका व्यबस्था गर्ने भएका छन् । युवा नेता बमले काठमाडौमा शिक्षा ऐन विरुद्ध भैरहेको शैक्षिक आन्दोलनमा कैलालीको गौरीगंगाबाट सहभागि भएका शिक्षक साथीहरू लाई २ दिनको आवास र खानाको व्यबस्था गर्ने भएका हुन् ।
असोज ३ गते देखी काठमाडौमा शिक्षा ऐन विरुद्ध भैरहेको शैक्षिक आन्दोलनमा देशभरका शिक्षकहरुको सहभागिता रहेको छ । हाल शिक्षकहरु काठमाण्डौ केन्द्रीय आन्दोलनमा भएकाले आर्थिक अभाव नहोस् भन्ने उदेश्यले सहयोग गरेको युवा नेता बमले बताए । आन्दोलनमा रहेका शिक्षकहरुलाई काठमाण्डौमा दुई दिन सम्मको सम्पुर्ण खर्च बेहोर्ने बमले बताए ।
काठमाण्डौमा शिक्षकहरु स्थायी परीक्षामा छुट भएका अस्थायी तथा राहत शिक्षक लगायतको माग सम्बोधनका लागि नेपाल सरकारसँग सहमति भए पनि केही शिक्षक सडक आन्दोलनमा उत्रिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबीच यही फागुन ९ गते भएको ३१ बुँदे सहमतिमा ‘हाल कार्यरत राहत शिक्षक, साविक उच्च माध्यमिक तहका शिक्षक, प्राविधिक धारका शिक्षक, विशेष विद्यालयका शिक्षक, बाल कक्षाका शिक्षकको शिक्षक पदलाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी एक वर्षभित्र शिक्षक सेवा आयोगबाट आन्तरिक-खुला प्रतियोगितामार्फत एकपटकका लागि उमेरका हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजानका लागि प्रबन्ध गर्ने’ उल्लेख छ । शिक्षक सेवा आयोगले गत असारमा अस्थायी शिक्षकका लागि आन्तरिक प्रतियोगिता गरेको थियो ।
सहमति कार्यान्वयनका लागि मन्त्रालयले ल्याउने सङ्घीय शिक्षा ऐनको मस्यौदा भइरहेको अवस्थामा अस्थायी परीक्षामा छुटेका, राहत, स्रोत व्यक्ति सट्टा शिक्षक र बाल विकास (इसिडी), साविक उमाविमा कार्यरत शिक्षकका विभिन्न छ वटा सङ्घ-सङ्गठन सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आइतबार र सोमबार माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वरसम्म ¥याली र धर्ना गरेर आन्दोलमा छन् ।