रमेश बहादुर सिंह
बझाङ, ९ असोज / पिमि डाँडा तथा चौदसी मेला व्यवस्थापन समितिले वडा स्तरीय पुरुष महिला भलिबल तथा देउडा प्रतियोगिताको आयोजना गरेको छ । धार्मिक तथा ऐतिहासिक लाङ्गा देवताको पुजा सहित जनचेतना मुलक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको मेला व्यवस्थापन समितिका अध्यक्ष कमल बिकले बताए ।
जयपृथ्वी नगरपालिका वडा नं १को आर्थिक सहयोग मा यस धार्मिक तथा ऐतिहासिक मेला चौदशी मेलामा जिल्ला वा जिल्ला बाहिर का ख्याति देउडा गायकको पनि उपस्थिती रहने छ। असोज १४गते लाग्ने यस चौदशी मेलाको एउटा छुट्टै आपनै धार्मिक बिशेषता रहेको पाइन्छ। वडा कार्यालय र मेला व्यवस्थापन समितिको संयुक्त रुपमा संन्चालन हुने यो मेला असोज १४गतेबाट भलिबल पतियोगीता, पुरुष महिला देउडा प्रतियोगिता सञ्चालन गरिने भएकाले इच्छुक खेलाडीहरूलाई सहभागी हुन अनुरोध गरिएको छ ।
आयोजित पुरुष भलिवल प्रतियोगितामा प्रथम पुरस्कार ६४ हजार ४ सय १४, दित्तिय पुरस्कार रु। ४४ हजार ४ सय १४र तूतिय पुरस्कार २४हजार ४सय १४रहेको छ भने महिला भलिबल को प्रथम पुरस्कार२१हजार१सय१४,दित्तिय पुरस्कार १५हजार१सय१४र तूतिय पुरस्कार९हजार१सय१४ रहेको छ। टिम दर्ता शुल्क पुरुष भलिवल५ हजार५सय र महिलाको २हजार रुपैयाँ तोकिएको छ । खेलमा विजेता टिमलाई प्रमाणपत्र, मेडल तथा ट्रफी वितरण गरिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यस्तै देउडा प्रतियोगितामा भने उचित सम्मान गरिने छ । खेलमा सहभागी हुन इच्छुक टिमले असोज १४ गते ३बजे भित्र आपनो टिम दर्ता गरिसक्नुपर्ने मेला व्यवस्थापन समितिले जमाएको छ।कार्यक्रम जयपृथ्वी नगरपालिका १को पिमि डाँडा मेला १४ गते उद्घाटन गरिने पनि आयोजकले बताएको छ ।