धनगढी, १ असोज/धनगढीमा गणेश चतुर्थीको आयोजना हुने भएको छ । मंगलबारदेखी श्री गणेश चतुर्थी महोत्सव पूजा समिती धनगढी,कैलालीको आयोजनामा हुने भएको हो ।
उपमहानगरपालिकाको वडा नम्बर १ नैनादेवी भगवती मन्दिरको प्रांगणमा असोज २ गतेदेखी ८ गतेसम्म चल्ने पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिईएको हो । बिगत १२ बर्षदेखी नैनादेवी मन्दिरमा गणेश चतुर्थीको आयोजना गरिदै आईरहेको छ । यस वर्ष पनि कोरोनाको ३ बर्षपछि पुन चतुर्थी महोत्सव लाग्ने भएको हो । हिन्दुधर्म अनुसार भगवान गणेशको पुजा नभई रहेको हुनाले यस पुजालाई निकै महत्वका साथ भब्यता अनुसार १३औं पटक आयोजना गरिरहेको श्री गणेश महोत्सव चतुर्थीका आयोजक मुकेश कुमार ठाकुरले जानकारी दिए ।
भारतको महाराष्ट्रमा मनाईने चतुर्थी यहां पनि मनाउनुपर्छभन्ने उद्येश्य आयोजना भईरहेको छ । असोज २ गते मन्दिरको प्रांगणमा स्थापना भई शुरु हुने छ । यस पश्चात हरेक बिहानको ७ः३० बजेदेखी पुजा शूरु हुने र सांझको ७ः३० बजेदेखी भारतका भजन मण्डली र कलाकारका साथमा भजनकृत हुने उपाध्यक्ष ज्ञानेन्द्र गुप्ताले जानकारी गराए । रातीको ८ बजेदेखी १२ बजेसम्म बिभिन्न झांकी हुने समेत जनाईएको छ ।