धनगढी, ३१ भदौ / गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमाला बजारमा तिज विशेष खुल्ला महिला नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
गौरीगंगा नगरपालिका चौमालाको आर्थिक सहयोग चौमाला बजार ब्यवस्थापन समिती, रेडक्रस उप-शाखा गौरीगंगाको समन्वयमा र वल्ड लिंकको सहकार्यमा बृहत खुल्ला तिज महिला नृत्य प्रतियोगिता २०८० भब्यताका साथ सम्पन्न भएको छ।
सामाजिक बिकास र सहकार्य हाम्रो प्रतिबद्धता मुल नाराका साथ मेलमिलाप केन्द्रका संयोजक हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमकि प्रमुख अतिथि सुदुर पश्चिम् प्रदेश सभा सदस्य जानकी कुँवर पौडेल रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथिले कार्यक्रम सन्देशमुलक रहेको प्रती आभार ब्यक्त गरिन। साथै कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पुग्ने र विभिन्न सन्देश प्रवाह गर्ने बताईन।
प्रतियोगितामा सहभागी भइ प्रथम स्थान हासिल गर्ने श्री पसुपती माध्यामिक बिधालय लाई नगद रु.५००० (प्रमाणपत्र), दिर्तिय मालिका माध्यमिक बिधालय नगद ३०००,(प्रमाणपत्र) तृतीय डि.आर.मेमोरियल २००० (प्रमाणपत्र) र सान्त्वना पुरस्कार सरिता ढुंगानालाई १,००० (प्रमाणपत्र) प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत हरुको उपस्थिति रहेको थियो। नृत्यमा १२ टिम प्रतिस्पर्धामा रहेका थिए।
महिलाहरूमा हर्स,खुशी र उमंगका साथ पर्व मनाउने उपयुक्त बाताबरण सृजना गर्नुका साथै स्थानीय कलाकारहरुमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्नका लागि कार्यक्रम आयोजना गरिएको संयोजक हेमन्त बाजे ले बताउनु भएको थियो।
कार्यक्रमको संचालन मेलमिलापकर्ता दयाराम बिक ले गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य लक्ष्मी बोगटी कुँवरले ब्यक्त गर्नु भएको थियो।