धनगढी, ३० भदौ/सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल केन्द्रिय कार्यालय धनगढी कैलालीले अत्तरियामा तिज बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
जिल्ला महासघ कैलालीका अध्यक्ष विक्रम कुवरको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अथिति सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय तुलसी देवकोटा रहनु भएको थियो । भने विशिष्ट अथिति सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल महासचिव डण्डीराज सुवेदी, गोदावरी नगरपालिका कार्यपालिका सदस्य ईश्वरी रावल, अत्तरीया उधोग वाणीज्य संघका अध्यक्ष कल्याणसिह वोहरा, नगरमहासंघकी अध्यक्ष यादी रावत लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन जिल्ला महासघ कैलालीका सचिव लक्ष्मी भण्डारी गरीकी थिईन भने तथा स्वागत मनतव्य जिल्ला महासंघका सहसचिव राधा विकले गर्नु भएको थियो ।