गजल
कसले उचाले ढुङ्गा को हुन् प्रहार गर्ने,
कस्को समाउ हात को छन् स्विकार गर्ने।
माझी अचेत हुदैमा यात्री चिच्याउँदैछन्,
छैनन समर्थ कोही डुङ्गा किनार गर्ने।
पत्थर हुँ मै बगरको मुर्ती नसोचे हुन्छ,
जिम्मा तपाईलाई खै के तयार गर्ने।
हाँसी रहेछ आफू तस्बिर बनाउँनेले,
काफी छदैछ रंग हालत प्रचार गर्ने।
छोड्नु हुँदैन आशा गन्तव्य पुग्नलाई,
गल्ती भए के कत्ति आफै सुधार गर्ने।
सर्जक : कैलाश बोगटी
सायल गाउँपालिका २ डोटी