• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी दक्षिणकाली हाट बजारमा एक्कासी चलायो उपमहानगरपालिकाले डोजर

धनगढी, ८ भदौ / कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित दक्षिणकाली हाट बजारमा उपमहानगरपालिकाले एक्कासी डोजर चलाएको छ ।

शुक्रबार दिउँसो त्यहाँ व्यापार गरिरहेका व्यवसायीहरुलाई जानकारी नदिई उपमहानगरपालिकाले डोजर चलाएको हो ।

सोही हाटबजारमा तरकारी पसल गरिरहेका यमराज रावलले भने –‘हामीलाई यहाँ व्यापार नगर अन्यत्र सर भनेको भए आफै व्यवस्थापन गर्थे तर, अहिले एक्कासी डोजर लगाउँदा पसलमा क्षति पुगेको छ । मेरो पसलमा रहेको आलुमा क्षति पुगेको छ ।’ उनले पसलमा डोजर चलेपछि त्यहाँ भएका सामान एक्कासी कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या रहेको बताए ।

हाट बजारभित्र बनेका पक्की गोदामभित्र तरकारी, फलफूलका होलसेल पसलहरु छन् । सडक किनारमा रहेका केही कोठाहरुमा किराना, चिया पसलका साथै मासु सेन्टर थियो । भुपु सैनिक सहकारी संस्थाले सम्झौता गरि त्यहाँ विभिन्न व्यापारीहरुलाई व्यवसाय सञ्चालन गर्न अनुमति दिएको थियो । सहकारीका अध्यक्ष शंकर सिंह ऐरीले भने –‘यहाँका सडकबाट आइरहेका भाडा हामीले सम्झौता गरेको ठेकेदारलाई मासिक रुपमा बुझाउँदै आइरहेका छौं । हामीसंग अझै एक वर्षसम्मको सम्झौता बाँकी छ । तर, उपमहानगरपालिकाले एक्कासी यहाँ डोजर चलाएको छ ।

हामीलाई जानकारी पनि छैन् ।’ उनले उपमहानगरपालिकासंग सटरका विषयमा पटक–पटक संवाद भएको बताउँदै –‘हामीले सम्झौता गरेको मानिसलाई सटरबाट आएको भाडा बुझाउने हो तर, उपमहानगरपालिकाले सिधै आफनो खातामा आउनुपर्ने भनेर दबाब दिइरहेको थियो ।’ एक सय २५ सेयर सदस्य रहेको सो सहकारीले ठेक्का सम्झौता गरेका ठेकेदारसंग साढे ४ लाख धरौटी जम्मा रहेको उनको भनाई छ ।

तर, उपमहानगरपालिकाले सो हाटबजार आफनो मातहातमा आइसकेकाले त्यहाँ भएका सम्पूर्ण व्यवसाय हटाउन डोजर चलाएको प्रतिक्रिया दिएको छ । ‘हाट बजार पहिला ओम पाठकले ठेक्का सम्झौता गरेर चलाएका थिए । गत पुसमा सम्झौता मिति सकिएपछि छ महिनाभित्र खाली गर्न भनि पत्राचार पनि गरिसकेका थियौं । त्यो बेला त्यहाँ किसानका कोल्ड स्टोर पनि भएकाले हामीले साउनदेखिको भाडा उपमहानगरपालिकालाई दिन भनेका थियौं । तर, त्यो भाडा आएन’ राजश्व शाखा प्रमुख योगेन्द्रप्रसाद चन्दले भने –‘भाडा पनि नदिने हटन् पनि नमानेपछि डोजर चलाएका हौं ।’ उपमहानगरपालिकाले त्यहाँको हाटबजार हटाएर सपिङ कम्पलेक्स बनाउने योजना बनाएको छ । उनले भने –‘सपिङ कम्पलेक्सका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भइरहेको छ ।’

वर्षातको मौसममै व्यवसायी गरिरहेको स्थानमा उपमहानगरपालिकाले डोजर चलाएपछि त्यहाँका व्यवसायी भन्छन् –‘अब कहाँ गएर व्यापार गर्ने होला ।’

शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.