बडो गुनासो गर्दैछन् फूलहरू ,
आएर मन्दिरमा झन् फूलहरू ।
बारबार अस्मिता लुटिदा भमराबाट,
सक्दैनन् लगाउनु चडकन फूलहरू ।
माली भएर पनि के गर्नु बगैंचाको,
परीवर्तन गर्छन् यहाँ मन फूलहरू ।
मेरो मृत्युको खबर पाएर नै होला,
लिएर आकी छ प्रेमी टनाटन फूलहरू ।
तिमी फूल जस्तै छौ के भनेको थिए,
उसले बेचेर कमाई रहेछ धन फूलहरू ।
सर्जक : सन्तोष उपाध्याय
ज न पा -५ बझाङ