कञ्चनपुर , २३ साउन / सुदूरपश्चिमका पहाडी जिल्लामा परेको अविरल वर्षाले कञ्चनपुरको दक्षिणी क्षेत्र डुबानमा परेको छ ।जिल्लाको पूर्वी भेग चुरे भएर बग्ने दोदाले चुरेदेखि दक्षिण नेपाली भूभागसम्म वितण्डा मच्चाएको छ।अविरल वर्षाले कञ्चनपुरको दक्षिणी भेग स्थित बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकाका घरहरु डुबानमा परेका हुन् ।
पुर्वी पहाडि जिल्लामा केही दिन देखि परेको अविरल वर्षाले दोँदा नदीमा आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरका दक्षिणी क्षेत्रका ३० घरधुरी डुबानमा परेका हुन् ।प्राप्त जानकारी अनुसार पुनर्वास नगरपालिकामा वडा नं ५, सिमरी का २५ घर र रातोखालका ५ घर गरि जम्मा ३० घर डुबानमा परेका छन । राति करिब १ बजे दोदा नदीमा आएको बाढीले मानवीय क्षति नभएपनि घरमा भण्डारण गरी राखिएको अन्नबाली मा आशिक रूपमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
पुनर्वास नगरपालिकामा नगर बिपद ब्यवस्थापन कार्य दलले दोदा नदीमा पानीको बहाव बढ्दै गएको र लालझाडी मा खतरा को साइरन बजेको थाहा पाउन साथ करिब १० बजे पुनर्वास नगरपालिका ले पनि आपतकालीन जनाउ घन्टी बजाएको नगर फोकल पर्सन ओमनाथ ढकालले जानकारी दिए। फोकल पर्सन ढकाल का अनुसार पूर्वसूचना प्रणालीका कारण बाढी बाट क्षति पहिलाभन्दा कम भएको बताए।

नेपाल रेडक्रसले मनसुन तयारी योजना मुताविक इमरजेन्सी अपरेसन सेन्टरलाई सक्रिय बनाएको नेपाल रेडक्रस सोसाइटी शाखा पुनर्वास का अध्यक्ष कृष्ण तामाङ ले बताए। अध्यक्ष तामाङ का अनुसार देशका अधिकाँश स्थानमा परेको अविरल बर्षाले सडक अबरुद्ध, डुवान, वाढी र पहिरोका घटनाहरु हुँदैगर्दा स्थानीय निकाय, सरकार, शुरक्षा निकायसँगको सहकार्यमा प्रभावित क्षेत्रमा रेडक्रस परिचालित हुने गर्दछ।
गएरातिदेखिको भारी वर्षाका कारण दोदा नदीमा आएको बाढीले पुनर्वास नगरपालिका सिमरी क्षेत्र डुबानमा परेको छ ।सिमरी रातोखाल क्षेत्रका संरचना जलमग्न भएका छन् भने घरभित्रै पानी पसेपछि मानिसहरूले सामान सुरक्षित स्थानमा सारेका छन ।बरामबर आफ्नो बडामा प्रत्येक वर्ष दोदा नदी को बाढीले बिताण्ड मचाई रहेकोले यसको न्यूनिकरणका लागि सम्बन्धित सरोकारवाला निकाय सग समन्वयन गरी अगाडि बढ्ने वडाध्यक्ष पदम रोकाया ले बताए।
सोमबार मध्यरातमा पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्मा र पुनर्वास ५ का वडाध्यक्ष पदम रोकाया बाढि प्रभावित क्षेत्रमा पुगेका थिए ।बाढी प्रभावित क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरणका लागि उक्त क्षेत्रको बासिन्दालाई सचेत गराईएको थियोे ।जोखिममा रहेका स्थानहरुको सम्पूर्ण अवस्था यकिन गरिएपछि स्थानीय सरकारले विपद्ले पार्न सक्ने असरबारे स्थानीय बासिन्दालाई जानकारी गराउँदै नगर प्रमुख शर्माले उक्त ढुवान क्षेत्र रातो खाल र सिमरी को निरीक्षण गरी सुरक्षित र सचेत रहन सुझाएको थियो।। ।नगर प्रमुख शर्माले बाढी पीडितको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिलाई निर्देशन दिएको बताए । उनले आगामी दिनहरूमा गास बास र कपासको व्यवस्था गर्ने जिम्मा स्थानिय सरकारको रहेको हुँदा आफु उक्त कार्य का लागि कटिबद्ध रहेको बताए।
पुनर्वासमा दोदा नदिमा पानीको बहाव बढेसंगै हुलाकी राजमार्ग प्रयोग गर्न समेत सकस भएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रका जनताहरुलाई प्रदेश राजधानी धनगढी पुग्न निकै कठिनाइ भएको थियो । गत राति देखि नै पानीको सतह बढन थालेपछि आपतकालीन साइरन बजाएर तटिय क्षेत्र वरपरका बासिन्दाहरुलाई सचेत गराईएको थियोे ।बाढीले डुबानमा परेका केही पीडितलाई सशस्त्र प्रहरी ,नेपाल प्रहरी र नेपाल रेडक्रस द्बारा उद्वार गरिएको थियो। दोदा नदीमा पानीको बहाव घटे संगै अबरुद्ध धनगढी देखि पुनर्वास(बेलौरी सडक खण्ड समेत नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय बिपद ब्यवस्थापन टोली को सहयोगमा आवतजावत सुचारु गरिएको छ।