धनगढी २३ साउन / कैलालीमा पहिरोले सडक अवरुद्ध भएको छ । भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिकाको सेल्फीडाँडा र बुढितोलामा सोमबार राति पहिरो गएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जानकारी दिएको छ ।राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिम पहाडी जिल्लाबाट छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् भने कैलाली र कञ्चनपुरबाट छुटेका सवारीसाधन पनि बाटोमै छन् ।
पहिरो आएर आवतजावत ठप्प हुँदा एस.ई.ई पूरक परीक्षाको तयारी गर्न तराई आएका पहाडी जिल्लाका परीक्षार्थी बाटोमै अल्पत्र पर्दा बाटो खुल्न धरै समय लागे आफ्नो परीक्षा छुट्ने होकी भन्ने चिन्ता भएको बाटोमा अल्पत्र परेका यात्री तथा परीक्षार्थी यज्ञाराज धामीले जानकारी दिनु भयो ।