डोटी, २१ साउन / डोटीको बडीकेदार गाउँपालिकामा अवैध रुपमा उत्पादन भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।
आईतबार पालिकाका वडा नम्बर ४ बाग्छेडा बजार स्थित आसपासका होटेल पसलहरुमा र अवैध रुपमा बिक्री बितरण गर्न राखिएको अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग भाडाकुडा रकच्चा पदार्थ समेत गरी १ सय ५५लिटर बरामद गरी प्रहरी चौकी खड्यौलीले नष्ट गरीएको हो ।
बाग्छेडा बजार बाट प्रहरीले नियन्त्रणमा संकलन गरिएको मदिरा आईतबार बडीकेदार गाउँपालिका उपाध्यक्ष डम्बरी कलेलर वडा नम्बर ४का वडाध्यक्ष कर्ण जेठारा लगायत अन्य जन–प्रतिनिधि,समाजसेवी,नागरीक समाज र पत्रकारहरु समेतको रोहबरमा नष्ट गरिएको प्रहरी चौकी खड्यौली प्रमुख भास्कर पन्तले बताउनु भयो ।
प्रहरीले विगतका दिनमा पनि समयमा ठुलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ ।