• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

यो वर्ष धनगढीमा प्रसस्त फूल उत्पादन हुन्छन : उपमहानगर पालिकाका कृषि शाखा प्रमुख उपाध्याय

धनगढी, २० साउन / धनगढी उपमहानगरपालिकाले किसानलाई पुष्प खेतीका लागि तालीम प्रदान गरेपछि धनगढीमा व्यवसायीक खेति सुरु भएको छ । तालीम पहिले थोरै जमिनमा पुष्प खेती गर्ने किसानहरुले अहिले व्यवसायीक पुष्प खेति सुरु गरेका छन ।

वैशाख ४ गतेदेखि आसार १० गतेसम्म धनगढी पोलिटेक्निक ईन्स्टिच्युटमा सिटिईभिटीले प्रदान गरेको ६५ दिनको तालिम र धनगढी उपमहानगरले प्रदान गरेको एक हप्ते व्यावसायिक पुष्प खेती सम्बन्धि तालिम पछि अहिले व्यवसायीक पुष्प खेति सुरु गरेका छन ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीमा शंकरसिंह विष्ट र सुशीला विष्टले तालीम लीएपछि भाडामा लिएको डेढ बिघा जग्गामा व्यावसायिक पुष्प खेती सुरू गरेका छन् ।

यसअघि कैलारी गाउँपालिकाको पवेरामा घाँस खेती, भैंसी पालन र थोरै जग्गामा पुष्प खेती गर्दै आएका विष्ट दम्पतीले यो वर्षबाट धनगढीको मटियारीमा व्यावसायिक पुष्प खेती सुरु गरेका हुन् । यो वर्ष डेढ बिघा जग्गामा सयपत्री र सुपारी फूल खेती गरेका विष्ट दम्पतीले १० टन बढी फूल उत्पादन गर्ने लक्ष्य राखेका छन् ।

विष्ट दम्पतीले यो वर्ष करिब ३० हजार बिरुवा आफू रोपेका छन् भने ८० देखि एक लाख सयपत्री र सुपारी फूलको बोट बिक्री गर्ने लक्ष्य लिएका छन् । धनगढीमा फूलको बजार राम्रो देखेर व्यवसाय सुरू गरेको बताउदै विष्टले आसपासमा थप जग्गा भाडामा उपलब्ध भए अर्को वर्षबाट पुष्प खेतीको क्षेत्रफल बढाउने लक्ष्य राखेका छन् ।

धनगढीमा फूलको बजार राम्रो देखेर जग्गा भाडा लीएर भएपनि पुष्प खेति गर्नेको सख्या बढ्दै गएको छ । धनगढीले पुष्पखेतिका लागि दीएको तालीम लीएका मध्य अधिकासले खेति सुरु गरेका छन । सुरुका वर्षमा सोना ठाउमा खेति गर्ने किसानहरु अहिले जग्गा भाडामा लिएर भएपनि खेती गर्न थालेका छन् ।

धनगढी उपमहानगरपालिका १३ कैलाली गाउँका सेतु बिष्टले ११ कट्टामा फुलखेति गरेकी छिन् । धनगढी ४ मा बेर्ना राखेर कैलालीका गाँउमा पुष्प ब्यवसाय सुरु गरेकी हुन । केहि वर्ष पहिले कुर्षि सुरु गरेकी बिष्टले यष बर्षबाट पुप्प ब्यबसाय गरेको बताईन् । ‘अहिले धनगढीमा पुष्प ब्यवसाय गर्नेहरु संख्या बढ्दै गएकाले बजारको समस्या हुन्छकी भन्ने पीर थियो तर धनगढीका नगरप्रमुखले बजारीकरणका लागि पालिकाले सहयोग गर्ने भनेपछि ढुक्क छु’ उनले भनिन् ।

अहिले फुलका बिरुवा बिक्री गरिरहेका उनले दसैं र तिहारलाई लक्षित गरेर बेर्ना सारेको बताएका छन् । दसैं र तिहार मुख्य सिजन भए पनि वर्षभरि आफ्न नर्सरीमा फूल उपलब्ध गराउने विष्टले बताईन् । उनले भनिन्, ‘फूलको बजार राम्रो छ। यो वर्ष मेरै दस टन फूल उत्पादन होला भन्ने अनुमान गरेको छु । अन्य किसानले पनि उत्पादन गर्दा धनगढीमा यो वर्ष फूलको अभाव हुन्न। यो वर्ष तिहारमा कसैले पनि प्लास्टिकको माला लगाउने अवस्था आउन्न दिन्नौँ ।’

धनगढी उपमहानगरले यो वर्ष २६ जनालाई एक हप्ते व्यावसायिक पुष्प खेती सम्बन्धि तालिम दिलाएको थियो । यो वर्ष धनगढीको माग पूरा गरेर बाहिर पठाउनसमेत फूल उत्पादन हुने धनगढी उपमहानगर पालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए । काठमाण्डौबाट प्रशिक्षक ल्याएर तालीम दीएको उनले बताए ।

‘यो वर्ष हामीले २६ जनालाई व्यावसायिक पुष्प खेती सम्बन्धि एक हप्ते तालिम दिएका थियौँ । खेती गर्न चाहनेबाट मात्रै आवेदन माग गरेका थियौँ । ‘‘तालिम लिने सबैले कम्तीमा १ कट्ठादेखि डेढ बिघामा पुष्प खेती गरेका छन् । यो वर्ष धनगढीमा प्रसस्त फूल उत्पादन हुन्छन ।’ कृषि शाखा प्रमुख उपाध्यायले बताए ।

शनिबार, साउन २०, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.