डोटी ,१४ साउन / दिपायल सिलगढि नगरपालिका वडा नं २ अन्तर्गत खातिवडा स्वास्थ चौकिको एम्बुलेन्स दिपायल सिलगढि नगरपालिकाका नगर प्रमुख बाजि सिह खड्का ९विजय० ले खातिवडा स्वास्थ चौकिलाई हस्तान्तरण गर्नु भएको छ ।
आईतबार दिपायल सिलगढि नगरपालिकाको कार्यालयमा आयोजना भएको एम्बुलेन्स हस्तान्तरण तथा उदघाटन कार्यक्रममा बिधिवत ढंगबाट पुजापाठ गरी नगर प्रमुख खड्का र नगर उपप्रमुख कलावति महर साउँदले दिपायल सिलगढि नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खडकालाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।
दिपायल सिलगढि नगरपालिका वडा नं २ को आर्थिक बर्ष २०७९र०८० को बिनियोजित बजेट १६ लाख र दिपायल सिलगढि नगरपालिकाको थप ६ लाख रकमबाट खातिवडा स्वास्थ चौकिका लागि एम्बुलेन्स खरिद गरिएको हो ।
वडाका बिरामीहरूले झेल्दै आएको एम्बुलेन्स सेवाको समस्या समाधान गर्न र चुनावि दौरानमा आफुले जनतासँग बोलेको बाचा पुरा गर्न एम्बुलेन्स खरिद गरिएको दिपायल सिलगढि नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले बताए ।
एम्बुलेन्स खरिद प्रक्रियामा राजश्व छुटका लागि सहयोग तथा समन्वय गर्ने जिल्ला बिपत ब्यापस्थापन समिति डोटी, स्वास्थ कार्यालय डोटी, दिपायल सिलगढि नगरपालिका स्वास्थ्य शाखा डोटी, दिपायल सिलगढि नगरपालिका डोटी, खातिवडा स्वस्थ्य चौकि डोटी, सामाजिक विकास मन्त्रालय कैलालि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौंलाई वडा अध्यक्ष खड्काले धन्यवाद ब्यक्त गरेका छन । उनले यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा आभार तथा धन्यवाद ब्यक्त गरेका छन ।
