• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी उपमहानगरपालीका : नारामा मात्रै रह्यो एक घर एक शौचालय भन्ने राष्ट्रिय निती

धनगढी, १३ साउन ÷ धनगढी उपमहानगरपालीकाका १ हजार ८ सय बढी घर परिवारसँग शौचालय नभएको पाइएको छ। नेपालको जनगणना २०७८ अनुसार धनगढीको एक लाख ९८ हजार सात सय ९२ जनसंख्यामा १ हजार ८ सय १५ परिवारसँग शौचालय नभएको राष्ट्रिय तथ्याँक कार्यालयले जनाएको हो।

तथ्याँक कार्यालयका अनुसार उपमहानगरपालिकामा ४४ हजार ७ सय ७९ घर रहेकोमा सबैभन्दा बढी जनघनत्व वडा नम्बर ३ मा रहेको छ। त्यस वडामा ५२ घरमा शौचालय नभएको राष्ट्रिय तथ्याँक कार्यालयले तथ्याँकमा उल्लेख गरेकोे छ। यस्तै धनगढी उपमहानगरको बजार क्षेत्रमै पर्ने वडा नम्बर १ मा एक सय १९ परिवारसँग शौचालय नभएको पाइएको छ । वडा नम्बर २ का ५९ परिवार,
वडा नम्बर ४ का १९ घर परिवार, वडा नम्बर ५ का पाँच घर परिवार, वडा नम्बर ६ का एक सय २८ परिवारसँग शौचालय नभएको पाइएके छ।

यस्तै तथ्याँक अनुसार वडा नम्बर ७ का एक सय एक परिवारसँग शौचालय छैन। वडा नम्बर ८ का वडाका १२ परिवारमा शौचालय छैन। वडा नम्बर ९ का एक सय ४७ परिवारसँग, वडा नम्बर १० का ९९ परिवारसँग पनी शौचालयको सुविधा छैन। वडा नम्बर ११ का ५३ परिवार, धनगढीको वडा नम्बर १२ का १० परिवार, वडा नम्बर १३ का ५० परिवारसँग शौचालय छैन । भने वडा नम्बर १४ का दुई सय ६० परिवारसँग शौचालय छैन। वडा नम्बर १५ का एक सय ४८ परिवारसँग शौचालय छैन। वडा नम्बर १६ का ९८ परिवार शौचालय विहीन छन्। वडा नम्बर १७ का २ सय ८ परिवारसँग शौचालय छैन। वडा नम्बर १८ का ६० परिवारसँग शौचालय छैन।
वडा नम्बर १९ का ८७ परिवारसँग शौचालय नरहेको राष्ट्रिय तथ्याँक कार्यालयले जनाएको छ । शौचालय नभएका परिवार, विभिन्न संघ÷संस्था र उपमहानगरपालिकाको संयुक्त लगानीमा निजी शौचालय निर्माणको योजना धनगढी उपमहानगरको छ। नगरप्रमुख गोपाल हमालले खानेपानी जडान र शौचालय निर्माणका लागि तथ्याँक संकलन गरिएको बताए। उनले खुल्ला दिसामुक्त घोषणा गरिएपनी धनगढीका सबै नागरिकले शौचालय र खानेपानीको प्रयोगसमेत गर्न नपाएको बताए ।

शौचालय र खानेपानीको सुविधा नभएका नगरवासीका लागि धनगढी उपमहानगरपालिकाले कार्यक्रम ल्याउने बताएको छ। तर चालु आर्थिक वर्ष २०८०÷८१ मा शौचालयका लागि ७० लाख र खानेपानीका लागि विभागबाट ५० लाख मात्र बजेट विनियोजन गरिएको छ।एक हजार आठ सय १५ परिवारसँग शौचालय नभएको बताए। उनले नौ सय ७२ परिवारसँग खानेपानीको कुनै धारा र नल्का पनि नभएकाले उपमहानगरले तथ्याँक संकलन गरिरहेको बताए । बजेटका लागि विभाग र प्रदेश सरकारलाई पत्राचार गरेको जानकारी दिएका छन्। नगरप्रमुख हमालले साझेदारीमा काम गर्न खानेपानी तथा ढल व्यवस्थापन विभाग, प्रदेश सरकार र विभिन्न संघरसंस्थासँगको सहकार्यमा शौचालय र खानेपानीको धारा वितरण गर्ने बताए। खुल्ला दिसामुक्त घोषणा भएपनी वास्तविक रुपमा त्यो हुन नसकेको उनको भनाई छ । यस अघि २०७४ पौष १० गते धनगढी उपमहानगर खुल्ला दिसामुक्त घोषणा गरिएको थियो। कैलाली जिल्ला १२ वर्षमा छैटौँ पटकको मितिमा खुल्ला दिशामुक्त घोषणा गरिसकिएको छ।

शनिबार, साउन १३, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.