• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बझाङमा बनाउँदै गरेको घर भत्काएर गाउँलले भने ‘दलित तँ के गर्न सक्छस्’

बझाङ, १२ साउन ÷ बझाङमा एक जनाले बनाउँदै गरेको नयाँ घर गाउँलेहरूले भत्काइ दिएका छन्। बझाङको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाइरहेको घर सार्वजनिक जग्गामा परेको भन्दै गाउँलेले भत्काएका हुन्। भारतको दिल्लीमा रोजगारी गर्ने ओखेडाको वडा नम्बर–७ मा जमिन छ। उनका बुवाले २०५७ सालमै सो जमिन किनेको बताए। आफ्नो जमिनमा घर बनाउँदा ३०४० जना गाउँले आएर भत्काएको उनको भनाइ छ।

‘सार्वजनिक जमिन हो, तेरो होइन भनेर घर पनि भत्काए, बाली, मकै काटेर आफ्ना गाईभैंसीलाई लिएर गएछन् यिनीहरूले,’ उनले भने, ‘हामी जाँदा खेरी मलाई दलित तँ के गर्न सक्छस् भने।’ त्यसपछि उनले आफ्नो बन्दै गरेको घर भत्काउँदै गरेको दृष्य लुकेर मोबाइलबाट भिडिओ बनाएको बताए। अहिले सो घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। ‘मेरो जमिनभन्दा माथि वन छ, त्यो सार्वजनिक होला, हामीले आफ्नै जमिनमा घर बनाउन खोजेका हौं,’ उनले भने। ‘किनेदेखि अघि यो घरभन्दा तल तेरो हो, कमाइ खायै भनेर २३ वर्षदेखि चलन भोग गरी आएका हौं,’ उनले भने।

ओखेडाको घरसँगै अरू जमिन पनि छ। ६ नम्बर वडामा पनि उनको घर छ। अहिले सो विषय जिल्ला प्रहरी कार्यालयमा पुगेको छ। उनका बुवा र भाइ जिल्ला प्रहरी कार्यालय पुगेका थिए। घर भत्काउनुअघि नगरपालिका वा वडाबाट कसैले केही भनेनन्। ओखेडाले मिलापत्र गराउन खोजे आफू नमिल्ने बताए। यो विषय तीन महिना अघि गाउँपालिकाको कार्यालयमा पुगेको थियो।

गाउँपालिकाका अध्यक्ष अमरसिंह महरका अनुसार पहिले नै सार्वजनिक जमिनमा घर लगाएको भनेर अरूले विरोध गरेका थिए। स्थानीयले यो विषयको निवेदन ल्याएर गाउँपालिका आएका थिए। पछि अमिन ल्याएर कुरा गरौंला भन्दाखेरी आज गाउँलेहरू आएर त्यसो गरेको अध्यक्ष महरले बताए। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ओखेडाले आफ्नो घर भत्काइदिएको भन्दै उजुरी दिएका छन्। प्रहरीले प्रारम्भिक रूपमा बुझ्ने काम गरिरहेको बताएको छ।

शुक्रबार, साउन १२, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.