• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीमा आँखा पाक्ने रोगको संक्रमण बढ्यो

धनगढी , ११ साउन ÷ पछिल्लो समय कैलालीमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गइरहेको छ । रोगको संक्रमण तिब्र गतिमा बढेसंगै आँखा अस्पताल,प्रादेशीक अस्पताल,स्वास्थ्य केन्द्रहरु लगायत निजी क्लिनिकमा बिरामीहरुको चाप बढ्दै गइरहेको बताइएको छ ।

गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्टले अस्पतालमा पछिल्लो एकसाता देखि आँखा पाक्ने बिमारीको संख्या बढ्दै गइरहेको बताए । दैनिक ५र६ सय बिरामी आउने गरेकोमा करिब ७० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको उनले जानकारी दिए ।

कन्जङ्टिभाइटिस अर्थात् आँखा पाक्ने रोग लागेमा आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुने, आँखा फुस्रो वा रातो देखिने, आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुने,आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने जस्ता लक्ष्यण देखिने बरिष्ठ नेत्र अधिकृत भट्टले बताए ।

उनले भने, यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ। यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ र यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ ।

भाइरसको सङ्क्रमण पछि लगत्तै हुने ब्याक्टेरियाको सङ्क्रमण र फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जीले आँखा पाक्ने रोग लाग्ने गरेको उनले बताए ।

कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटक पटक हात–मुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान, तौलिया जस्ता सामानको अरूले प्रयोग नगर्ने, आंखा पाकेका बिरामीको नजिक नजाने जस्ता उपाय अपनाएमा यस रोगबाट बच्न सकिने भट्टले बताए ।

यो रोग अत्यन्तै तिब्र गतिमा सर्ने भएकाले रोग लागेको व्यक्तिले विद्यालय,बजार जस्ता बढि भिडहुने ठाउँहरुमा जान नहुने उनको भनाई छ । आँखा सम्बन्धि कुनै समस्या देखिएमा आँखा अस्पतालमा गई बिशेषज्ञको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्ने उनकोे भनाई छ ।

आँखा पाक्ने रोग सामान्य भएतापनि यसको समयमै उपचार नगरेमा आँखाको नानीमा घाउ भई जटिल समस्या उत्पन्न हुनसक्ने भएकाले सर्तकता अपनाउन उनले सबैलाई आग्रह गरे ।आँखामा कुनै पनि प्रकारको समस्या देखिएमा तुरुन्त बिषेशज्ञ डक्टरलाई देखाइ उपचार गर्न र विना चेकजाँज औषधी सेवन नगर्न बरिष्ठ नेत्र अधिकृत भट्टले सुझाब दिए ।

बिहिबार, साउन ११, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.