कैलाली, ६ साउन ÷ नेपाल विद्यार्थी संघ कैलालीले धनगढीको शिवपुरी धाममा वृक्षारोपण गरेको छ। आज परेको ४१ औँ विपी स्मृती दिवसको अवसरमा संघले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।
शिवपुरी धाममा एक सय भन्दाबढी विरुवा रोपिएको नेपाल विद्यार्थी संघका कैलाली जिल्ला सभापति मनिश कुँवरले बताए। उनले शिवपुरीमा रोपिएका विरुवाको संरक्षण गर्न सहज हुने भएका उक्त स्थानमा वृक्षारोपण गरिएको बताएका छन्।
उनले भने, ‘शिवपुरी धाममा काम गर्न कर्मचारी हुनुहुन्छ उहाँहरुले पनि संरक्षण गरिदिनु हुन्छ, व्यवस्थापन समितिले पनि विरुवाको हेरचाह राम्रो गर्छ त्यही भएर शिवपुरीमा कार्यक्रम गरेका हौ।’
वृक्षारोपण कार्यक्रममा प्रतिनिधि सभा सदस्य डिल्ली राज पन्त, नेपाली कांग्रेसका कैलाली जिल्ला सभापति, जिल्ला सचिव, धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।
