धनगढी, ४ साउन ÷ कैलालीको धनगढीमा कुहिएको अवस्थामा शव फेला परेको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१२ मा रहेको खुटिया नदीमा बिहीवार शव फेला परेको हो। स्थानीयले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।
पहिचान नखुलेको अन्दाजि ४०र४५ वर्षको पुरुषको शव फेला परेको र शवलाई पोष्टमाटमको लागि सेति प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
