धनगढी, २ साउन/धनगढीमा स्कुल ड्रेसमै छात्रा र ट्याङकरका सह–चालक आपत्तिजनक अवस्थामा भेटिएका छन् । भन्सार रोडको नेश्ननल ट्रेडिङको ट्याङ्कर पार्किङ स्थलभित्र आपत्तिजनक अवस्थामा रहेका जोडीलाई स्थानियले देखेपछि प्रहरीको सहयोगमा नियन्त्रणमा लिएका थिए ।
अश्लील हर्कत गरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सार्वजनिक स्थलमा अनैतिक कार्य भएको पाइएपछि प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार दुबै जनाले एक अर्काको मोबाइल साटेको भेटिएको छ भने महिला तथा बालबालिका सेलमा राखेर थप कुरा बुझ्ने काम भइरहेको छ । सार्वजनिक स्थलमा ट्याङ्करको क्याबिनमा अश्लील हर्कत भएको देखेपछि स्थानीयले प्रहरीलाई बोलाएका थिए ।