• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी उपमहानगरपालीकाका स्वास्थ्यकर्मी आन्दोलित


धनगढी , १ साउन ÷ धनगढी उपमहानगरपालीकाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। धनगढी उपमहानगरपालिकाले समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि र अबैधानिक तरिकाबाट फिर्ता गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

नयाँ आर्थिक वर्ष शुरू भएसंगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नहुन भन्दै पत्र पठाएको थियो। कर्मचारी फिर्ता बिरुद्ध गठित संर्घष समितीको आयोजनामा निजामती कर्मचारीहरुको आघिकारिक र जिल्लामा क्रियाशिल सम्पुर्ण राष्ट्रिय ट्रेड युनियनको ऐक्यबद्धतामा आज सोमबारदेखि उनीहरु धर्नामा बसेका छन् । समायोजनमा कामकाज गर्ने गरि खटाएका कर्मचारीहरुलाई २०८० श्रावण १ देखि काज फिर्ता गर्ने निर्णयले अन्याय भएको उनीहरूको भनाई छ।

उपमहानगरपालीकामा धर्नामा रहेकी स्वास्थ्यकर्मी मिना पाण्डेयले एक्कासी आएर पुरानै ठाउँमा काम गर्न फिर्ता हुन भन्दै उपमहानगरपालीकाले गरेको निर्णय ठिक नभएको बताइन् । आफु धेरै मेहनत गरी लोकसेवा पास गरेर २०७७ सालमा धनगढी उपमहानगरपालीकामा समायोजन भई आएको र अहिले साउन देखी नआउन भनेपछि नराम्रो महसुस भएको उनले बताइन्। उनले कतियय साथीहरु डिप्रेसनमा जाने अवस्था आएको बताइन्। बालबच्चासहित धनगढीमा रहेको र एक्कासी आएर स्वास्थ्यकर्मीलाई हाजिर नहुन भन्ने निर्णय दुखीत तुलाएको उनले भनिन्।

यस्तै धनगढी उपमहानगरपालीका वडा नम्बर १९ फुलबारी स्वास्थ्य चौकीमा कार्यरत रहिसकेकी सिनियर अहेव अधिकृत जयकला रावतले हिजो देखी समायोजन ऐन २०७५ अनुसार सबै स्वास्थ्य कर्मीको समायोजित भएको बताइन् । उनले त्यतिबेला आफुहरु जवरजस्ती धनगढी उपमहानगरपालीकामा नआएको बताउँदै नेपाल सरकारको मापदण्ड अनुसार नै आएको बताइन् । कुनै जानकारी बिना स्वास्थ्यका कर्मचारीलाई एक्कासी छापामार शैलीमा २८ गते पत्र बुझ्नेकी नबुझ्ने भनेर उपमहानगरकाले सो ब्यवहार खेद ब्यक्त गरिन्।

उनले बिधीसम्बत् समायोजन हुनुपर्ने बताउँदै धनगढी उपमहानगरपालीका र स्वास्थ्य मन्त्रालयले माग पुरा नहुन्जेलसम्म धर्ना जारी राख्ने बताइन्।कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलान सम्बन्धि मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा २०७७ र २०७८ सालको बिभिन्न मितिमा समायोजन मिलानको अनुसार हाजिर भएर काम गरिरहेका कर्मचारीहरुलाई हाल हाजिर गर्नमा रोक लगाएको हो । समायोजनका लागी सहमती दिएकै उपमहानगरले अहिले हाजिरमा रोक लगाइएपछि कर्मचारीहरुलाई अन्याय भएको ट्रेड युनियनले जनाएको छ । दिन रात नभनी कार्यक्षेत्रमा खटिएका कर्मचारीहरुलाई उपमहानगरले लखेट्न खोजेको निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन कैलाली अध्यक्ष बिमल प्रकाश जोशीले बताए । समायोजनमा कामकाज गर्ने गरि खटाएका कर्मचारीहरुलाई २०८० श्रवण १ देखि काज फिर्ता गर्ने निर्णयले अन्याय भएको उनीहरूको भनाई छ । स्पष्ट उल्लेख भएको कुरालाई तोड मोड गरि समायोजन मिलान भएका कर्मचारीहरुलाई पनि फिर्ता गराउने तथा हतोत्साही गराई अधैर्यताका साथ कर्मचारीहरुलाई सोच्ने समय समेत नदिईएको सिनियर अहेव भोजराज अवस्थीको भनाई छ । यसअघि धनगढीमा समायोजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफूहरूमाथि अन्याय भएको भन्दै सरोकारवाला निकायलाई गत असार २९ गते ध्यानाकर्षण पत्र बुझाएका थिए।

उपमहानगरपालिकाले समायोजनमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि विकल्प नदिई हाजिर गर्न नदिने भएपछि उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका थिए। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, धनगढी उपमहानगर, जिल्ला प्रशासन लगायतका कार्यालयमा पत्र बुझाएका थिए। कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा २०७७ र २०७८ सालको बिभिन्न मितिमा समायोजन मिलानको अनुसार हाजिर भइ हालसम्म ९उपमहानगरपालिका०मा नेपाल सरकारले निर्दिष्ट गरेका नियमित स्वास्थ्यका कार्यक्रमहरु र स्थानीय सरकारले तय गरेका नीति तथा कार्यक्रमअनुसार काम गरिरहेको पत्रमा उल्लेख गरेको छ।

सोमबार, साउन ०१, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.