धनगढी,८ असार/ पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई पत्नी शोक परेको छ ।उनकी पत्नी तथा पुर्वमन्त्री जयन्त बहादुर चन्दकी आमा दिव्येश्वरीको ८३ वर्षको उमेरमा निधन भएको हो।
बैतडी कुरकुटया पुरख्यौली घर भएको चन्द परिवार हाल भक्तपुरको लोकन्थलीमा बस्दै आएको थियो । पुर्ब प्रधानमन्त्री चन्द पत्नी दिव्येश्वरीको त्यहीँ निधन भएको उनका परिवारका सदस्यले बताएका छन ।