धनगढी, ४ असार/ धनगढीमा विद्युत अनियमित भएको भन्दै नेविसंघ कैलालीले नेपाल विद्युत प्राधिकरण धनगढीलाई ज्ञापन पत्र बुझाएको छ । यो उखरमाउले गर्मिको समयमा पटक पटक विद्युत अवरुद्ध हुनथालेपछि नेविसंघले प्राधीकरणलाई ज्ञापन बुझाएको हो ।
विद्युतप्राधिकरणका कर्मचारीहरु धनगढीका व्यापारीहरुसँग मिलोमतोमा इन्भटरको सेटिङ भइरहेको भन्दै ज्ञापन पत्र वुझाइएको नेविसं कैलाली जिल्ला अध्क्षय मनिस कुवँरले बताए । धनगढीका विद्यालयमा परिक्षा चलिरहेका बेला पटक पटक विद्युत अवरुद्धले पढ्न लेख्न समस्या भएका उनले बताए ।
नेविसं कैलालीले समस्या समाधान नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । गर्मि बढेसँगै धनगढीमा विद्युत अनियमितता भएको नेविसं एसपिए कलेजका अध्क्षयले हितेश विक्रम चन्द बताए । समय समयमा विजुली जाने, विना सुचना विजुली गइरहेको प्रति उनको आपत्त जनाए ।
कैलालीको धनगढीमा रहेको विद्युत कार्यालयलाई सोध्दा अत्तरीयालाई दोष दिने र अत्तरीयालाई सोध्दा धनगढीलाई दोष दिने गरेको उनले बताए । नेपाल विद्युत प्राधीकरण धनगढी वितण केन्द्रका निमित्त कार्यालय प्रमुख रोशन कुमार ठाकुरले विद्युत अनियमितता नभएको बताएका छन् ।
व्यापारीहरुसङ्ग कुनै सेटिङ नभएको उनको दावी छ । अत्तरियाबाट आउने ट्रान्समिसन लाइन अन्डरसाइज भइसकेको र लोड धेरै भएकाले विद्युध अवरुद्ध भईरहेको उनले बताए ।
