धनगढी, २७ जेठ/धनगढीमा आइतवारदेखि गर्मी बिदा हुने भएको छ । सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा अत्याधिक गर्मी हुनथालेपछि धनगढी उपमहानगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै चार दिन बिदा दिएको हो ।
वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ । साथै उक्त विदामा दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्नेगरी बन्द गर्न समेत पालिकाले सूचना उल्लेख गरेको छ ।