धनगढी, ६ जेठ/नागरिक उन्मुक्ती पार्टीले सुदूरपश्चिम प्रदेशको नामाकरण फेर्न माग गरेको छ । शनिबार सुदूरपश्चिम प्रदेश सभाको नवौ बैठकमा बेल्दै उन्मुक्तीका संसद लक्ष्मण किसोर चौधरीले प्रदेशको नाम परिवर्तन गरी खप्तड थारु प्रदेश राख्नुपर्ने माग राखेका छन् ।
सुदूरपश्चिम भन्नाले टाढा भन्ने सन्देश दिन्छ त्यसैले यस प्रदेशको नाम थारु समुदायलाई समेत समेटेर खप्तड थारु प्रदेश राख्नुपर्ने चौधरीको माग रहेको थियो ।