• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ९. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • १०. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

टीकापुर हत्याकाण्ड : लक्ष्मण थारुको सजाय घट्यो, दुईजनालाई सफाइ

काठमाडौं/ टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका लक्ष्मण थारुको जेल सजाय सर्वोच्च अदालतले घटाएको छ । सर्वोच्चले उच्च अदालत दिपालयको फैसला संशोधन गर्दै जन्मकैदको सजायलाई ३ वर्षमा झारेको हो । यसअघि कैलाली जिल्ला अदालतले लक्ष्मणलाई ३ वर्षको जेल सजाय सुनाएकोमा उच्चले बढाएर जन्मकैद पुर्‍याएको थियो । अहिले सर्वोच्चले जिल्ला अदालतको फैसला सही ठहर्‍याएको छ ।

२०७५ सालको फागुन २२ गते जिल्ला अदालतले लक्ष्मणलाई ३ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाअघि नै लक्ष्मणले ३ वर्ष पुर्पक्षमै बिताइसकेका थिए । त्यसैले उनी फैसलापछि तत्कालै रिहा भए । तर, जिल्ला अदालतको निर्णय उल्टाउँदै उच्च अदालते लक्ष्मणलाई फेरि जन्मकैदको सजाय सुनायो । २०७७ साल पुस ३ गते उच्च अदालतले उनलाई जन्मकैद सजाय सुनाए पनि उनी पक्राउ परेका थिएनन् । गत वर्षको असारमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा लक्ष्मण प्रवेश गरेका थिए । सर्वोच्चले जन्मकैदको सजाय उल्टाएर ३ वर्षमा झारेपछि उनले अब जेल बस्नु नपर्ने भएको छ ।

यसैगरी, टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका दुईजनाले सफाइ पाएका छन् । विद्रोह भनिने सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका हुन् । उनीहरूलाई कैलाली जिल्ला अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो भने त्यसलाई दिपायल उच्च अदालतले सदर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मुख्य आरोपी रेशम चौधरीको सजाय भने सदर गरिदियो । जिल्ला र उच्चको फैसलाअनुसार रेशम जन्मकैदको सजाय खेपिरहेका छन् ।

बुधबार, जेठ ०३, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पूजा धानुक मृत्यु प्रकरण : अन्तिम संस्कारमा अझै सहमति भएन, दुवै पक्षबीच छलफल जारी
पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव
डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

Recent Posts

  • पूजा धानुक मृत्यु प्रकरण : अन्तिम संस्कारमा अझै सहमति भएन, दुवै पक्षबीच छलफल जारी
  • पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव
  • डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के
  • स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार
  • सबै नेपालीलाई आपसी सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.