धनगढी २७ बैशाख/डडेल्धुरामा झाडापाखालाबाट एक बालिकाको मृत्यु भएको छ । परशुराम नगरपालिका–८ गुप्तेगडा बस्ने १४ वर्षीया संगिता धामीको मंगलबार साँझ जोगबुढा अस्पतालबाट धनगढी ल्याउने क्रममा मृत्यु भएको हो । अस्पतालका डाक्टर जितेन्द्र चौधरीले केही दिनअघि बिरामी परेकी उनको झाडापखालाका कारणले मृत्यु भएको बताए ।
उनको शरिरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकामा उनको बाटोमै मृत्यु भएको हो । झाडापखाला लागेपछि मृतककै गाउँका अन्य ३ जना पनि जोगबुढा अस्पताल भर्ना भएका छन् ।