-जेनिश बोहरा
विस २०१६ सालमा त्रिभुवन बिश्व विद्यालयको स्थापना भएको थियो । त्रिभुवन बिश्व बिद्यालयको स्थापनासंगै बीस २०१७ सालमा डोटी बहुमुखी क्याम्पसको स्थापना भएको पाइन्छ । डोटी बहुमुखी क्याम्पस तत्कालीन समयको पश्चिम नेपालका विशेष गरि पहाडी जिलाका विद्यार्थीहरूको उच्च शिक्षाको मुख्य गन्तब्यस्थल हो ।
त्रिभुवन बिश्व विद्यालयले यहि चैत महिनाको ५ गते स्वबियु निर्वाचन गर्ने भनेर सूचना निकालेको छ । डोटी बहुमुखी क्याम्पस त्रिभुवन बिश्व बिद्यालयकोआङ्गिक क्याम्पस भएकाले डोटी बहुमुखी क्याम्पसमा पनि सम्भव त स्वबियु चुनाब हुनेछ । स्वबियु चुनाव हुने भएरै नै होला अहिले विद्यार्थी नेता भन्नेहरूका फोन आउन थालेका छन् । केही नेताहरूका फोनले गर्दा मेरो मनमा अनेक कुराहरू खेले अनि केही कुराहरू लेख्न बाध्य भएको छु ।
मैले यस अघि क्याम्पसमा अध्ययनरत हामी विद्यार्थीले भोग्नुपरेका समस्यालाई समेटेर फेसबुकमा एउटा स्टाटस हालेको थिए । त्यो स्टाटस हाल्दा लेखेको थिए विद्यार्थी हकहितका लागि यो गरेउ त्यो गरेउ, यस्तो गर्छौ त्यस्तो गर्छौ भन्ने विद्यार्थी संगठनका नेताहरूलाई अब बिचार गरौला आगामी स्वबियु चुनावमा भनेको थिए । डोटी बहुमुखी क्याम्पसमा आफ्नो भबिस्य बोकेर नियमित अध्ययनरत गरिरहेका विद्यार्थी साथीहरू हो अब साच्चिकै कुरा मात्रै गर्ने संगठनका नेताहरूको बिचार गर्ने बेला आएको छ । अब सबैले बिचार गर्नुपर्ने छ ।
स्वबियु चुनाव जित्नैका लागि अहिले विद्यार्थी संगठनका नेताहरू आ आफ्ना विद्यार्थी भर्ना गर्नका लागि तछाड्मछाड गरिरहेका छन् । कहिले फोन नगर्नेहरू अहिले के छ अवस्था भनेर फोन गरि रहेका छन् । त्यसकारणले म ती विद्यार्थी हकहितका लागि लड्छौ भन्ने नेताहरूलाई भन्न चाहान्छु । तपाईंहरूले अहिले स्वबियु चुनाव आउँदा चासो देखाउनु भयो यश अगाडि कता हुनुहुन्थ्यो ।
क्याम्पस र क्याम्पसमा अध्ययनरत विद्यार्थीका समस्याका बारेमा कहिले चासो राख्नु भयो । क्याम्पसको पुस्तकालयमा खोजेको पुस्तक मिल्दैन, पढाउने शिक्षकहरू पढाउन नियमित आउदैनन् , कतिपय शिक्षकहरूको क्लास लिनु र नलिनुको खासै अर्थ छैन र टुडिखेलमा हुने विभिन्न खाले कार्यक्रमले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको छ यस्ताखाले हामी विद्यार्थीका समस्याका विषयमा चासो राखेको भए हामी पनि अहिलेको तपाईंको चासोलाई सकारात्मक रूपमा लिन्थेउ तर अब स्वबियु चुनाबका लागि चासो देखाउनु भनेको स्वार्थबाहेक केही होइन त्यसैले सम्पूर्ण विद्यार्थीहरूले यसपटक क्याम्पस मै नियमित अध्ययनरत विद्यार्थीलाई स्वबियुको नेतृत्व प्रदान गर्नुपर्छ ।
पाहुना विद्यार्थीलाई कदापि नेतृत्व दिनु हुदैन किनकी त्यसले विद्यार्थीका हकहित लागि काम गर्न सक्दैन । त्यसैले मेरो सम्पूर्ण विद्यार्थी अनुरोध छ । हामिले आफूले साच्चिकै विद्यार्थीको हकहितका लागि लड्ने विद्यार्थी नेतालाई छनोट गर्नुपर्ने हुन्छ ।
