काठमाडौँ, १४ कात्तिक । एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशसामु २०९ रनको लक्ष्य प्रस्तुत गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २०८ रनको योगफल तयार पारेको हो।
गण्डकीका लागि ओपनर अर्जुन कुमालले ६३ रनको सर्वाधिक योगदान दिए। १०५ बलको सामना गरेका अर्जुनले १० चौका हाने।समीर कँडेलले २६, विधान श्रेष्ठ र अविनास बस्नेतले समान २५ रन थपे। सन्दीप क्षत्री १९ रनमा बोल्ड आउट भए।
कप्तान विपिन खत्री र कमल परियारले समान १३ रन बनाए।सुदूरपश्चिमका कैलाश ऐर, नारायण जोशी र शेर मल्लले समान २ विकेट झारे। नरेन साउदले एक विकेट लिए।