अत्तरिया, ८ कार्तिक । कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा १ जना घाइते भएका छन । मोहना–अत्तरिया ६ लेन सडक अन्तरगत मनहरा पुल नजिकै भएको दुर्घटनामा बैतडीको कटैजपानीका मोटरसाइकल चालक कासी सिह महरा घाइते भएका हुन ।
अत्तरियाबाट धनगढी जाँदै गर्दा लु ८७ प ९९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाले जनाएको छ ।उनको टाउकोमा चोट लागेकोे छ । घाइते महराको अत्तरिया स्थिति पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाइएको छ ।