धनगढी, ८ कात्तिक । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली छनौट गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।
टोलीको उपकप्तानमा बसन्त खत्री र अन्य सदस्यहरूमा वीरेन्द्र नाथ,गजेन्द्र बोहरा,शेर मल्ल,नारायण जोशी,बसन्त कार्की,हेमन्त धामी,मिलन बोहरा,दिपक टमटा,नरेन सावद,कैलाश ऐर,टेक रावल र गजेन्द्र भण्डारी रहेका छन्। यस्तै खडकबहादुर बोहरा,बिरेन्द्र बम,कृष्ण भट्ट र स्मिथ बुढा वैकल्पिक खेलाडीका रूपमा छनौट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
कैलाली र कञ्चनपुरमा असोज ३१ देखि कात्तिक ६ गतेसम्म सञ्चालन भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोली घोषणा गरिएको जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १३ गतेदेखि काठमाडौंमा हुदैछ।
सुदूरपश्चिमले पहिलो खेल कात्तिक १४ गते गण्डकी प्रदेशसंग खेल्दैछ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य रहेको प्रादेशिक क्रिकेट संघका प्रशिक्षक खेमराज भट्टको दाबी छ ।