बैतडी, ६ कात्तिक । बैतडीमा राती समयमा देउसी भैलो खेल्न नपाइने भएको छ । तिहारको अवधिमा राती ९ बजेपछी जिल्ला भित्र देउसी भैलो खेल्न नपाइने भएको होे ।
जिल्ला प्रशासन कार्यालय बैतडीले राती ९ बजे पछि देउसी भैलो खेल्नमा रोक लगाएको हो । विभिन्न घटना घट्न सक्ने भएकाले ९ बजेपछि देउसी भैलौमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
अपराधिक गतिविधि हुनसक्ने भएकोले चाडवर्प लक्षित सुरक्षा योजना अन्तरगत समयसीमा तोकिएको उनले बताए । यस्तै उद्योगि तथा व्यवसायीहरुलाई स्वच्छ रुपमा आपूर्ती प्रणालीलाई नियमित गरि बजार व्यवस्थापन गर्न ,अखाद्य समाग्रीको बिक्री वितरण नगर्न ,पटाका भुइचम्पा जस्ता अतिसबाजी जस्ता राज्यले निषेध गरेका बिष्फोटक पदार्थहरुको बिक्री वितरण नगर्न पनि प्रशासनले सूचना मार्फत आग्रह गरेको छ ।
यस्तै तिहारलाई लक्षित गरेर शान्ति सुरक्षा मजबुत बनाएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । तिहारमा जुवातास खेल्ने खेलाउने कार्यसमेत बन्द गरिएको छ ।