अत्तरिया, ५ कात्तिक । पोखरामा सम्पन्न नवौ रास्ट्रीय खेलकुद प्रतियोगितामा संवरण पदक जितेका कैलालिको गोदावरी नगरपालिका–१२ ओलानिका आनन्द कामिलाइ अत्तरियामा स्वागत गरिएको छ । शनिवार कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा ख मा गठबन्धनका तर्फबाटका उम्मेद्वार प्रकाश बम ले टीका र खादा सहित आनन्द लाई स्वागत गरेका हुन ।
५० केजि तौल समुहमा सुदुरपस्चिम मै पहिलो पटक स्वर्ण पदक जित्न सफल भएको भन्दै बम ले आनन्दको उज्वल भविस्यको कामना गरे ।अत्तरिया क्षेत्र बाट उदाएका खेलाडीहरुले रास्ट्रीय लेवलमा प्रतिस्पर्धा गरेर स्वर्ण पदक जित्नु आफैमा गर्वको कुरा रहेको बताउदै बम ले सम्पुर्ण सुदुरपस्चिमेलिहरुले आनन्द जस्ता खेलाडिहरुको हौसला बढाउनु पर्ने बताए ।