धनगढी, ४ कार्तिक/कैलालीमा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । चिसापानीमा कार्यरत हवल्दार नेत्र जैसी कठायतको चिसापानीबाट घर आउने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जैसी सवार से १ ब २१६ नम्बरको मोटरसाइकललाई ना ६ ख ७४५९ नम्बरको बसले पछाडीबाट ठक्कर दिदा घाइते उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
बस र चालक धनगढी उपमहानगरपालिकाका ज्यातीसिंह चौधरीलाई प्रहरीले नियन्न्त्रणमा दिएको छ ।
