काठमाडौं,२ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ ।अघिल्लोपटक थपिएको सात दिनको म्याद सकिएपछि प्रहरीले आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो ।
प्रहरीले पुनः सात दिनको म्याद मागेको थियो । तर अदालतले थप चार दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्रेको थियो ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।