काठमाडौं, २९ असोज । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्यमा थप समस्या देखिएको छ।
२३ औ दिन देखि ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल भर्ना भएका जोशीको हिजोदेखि आजसम्म स्वास्थ्यमा खासै सुधार नभएको अस्पतालले जनाएको छ ।
र उनको स्वास्थ्य स्थिति स्थिर नै रहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै छातीमा निमोनियाको संक्रमण र पिसाबको संक्रमणनियन्त्रणका लागि दिईएको एन्टिबायोटिक्सको कोर्स जारी छ ।
सघन उपचार कक्षमा उपचार भइरहेको छ ।जोशीको स्वास्थ्य स्थिति स्थिर रहेता पनि चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
