धनगढी, २१ असोज/दुई दिन देखीको लगातारको बर्षाका कारण कैलालीको भजनी नगरपालिकाको अधिकंश क्षेत्र डुबानमा परेको छ । लगातारको वर्षाकाका कारण कान्द्रा र मोहना नदिमा आएको बाढी कारण भजनी नगरपालिकाका विभिन्न टोलहरुमा पसको छ ।
बिहीबार रातिदेखि परेको वर्षाका कारण भजनी नगरपालिका २ पल्टापुर, मोहनपुर र तिनघरुवा टोलहरुमा करीब १२५ घरधुरीमा डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । त्यहाँको स्थानीय कान्द्रा नदीको बाढी पसेर पल्टापुरका करीब ४० घरधुरी डुबानमा परेका हुन् ।
यस्तै भजनी नगरपालिका वडा नम्बर ७ शिबिर टोलका पनि ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ । त्यसैगरी वडा नम्बर ८ का खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए । डुबान भएपछि त्यस क्षेत्रमा ९५ जना मानिसहरु पल्टापुरमा बसिरहेको प्रहरीले जानकारी दिएको छ । उक्त स्थानहरुमा स्थानीय, प्रहरी टोलीहरु उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।