• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा ‘सात्विक’ दशैं मनाइँदै

धनगढी, १८ असोज/बडादशैंलाई खानपिनको पर्वका रूपमा चिनिन्छ । देशका विभिन्न ठाउँमा दशैंमा खानपिन गरी रमाइलो गरेर मनाइने भए पनि बैतडीसहित सुदूरपश्चिममा सात्विक हिसाबले दशैं मनाइने गरिन्छ । सुदूरपश्चिममा पुस्तौँदेखि सात्विक दशैं मनाइँदै आएको हो ।

मानसरोवर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्वहरू सात्विक हिसाबले मनाउने चलन छ ।दशैंको घटनास्थापनाको दिनदेखि नै धेरैजसोले नवरात्र उपासना तथा जाग्राम बसेर विजयादशमीको टीका ग्रहण गरेर मात्रै भोजन गर्ने चलन रहेको निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्टले बताए । उनले भने, ‘परापूर्वकालदेखि नै यो क्षेत्रमा दशैंको बेला चोखो भोको रहने चलन छ । घटस्थापनादेखि नवरात्र उपासना गर्ने चलन छ । यो समयमा नवरात्र उपासना गर्नेहरुले शुद्ध शाकाहारी भोजन मात्रै खाने गर्दछन् ।’

दशैंको समयमा खानपिन गरेर रमाइलो गर्ने चलन रहेको भए पनि यो क्षेत्रमा सात्विक हिसाबले दशैं मनाउने चलन रहेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । दशैंका बेला देवीदेवताका मन्दिरमा पूजापाठ हुने भएकाले सादगी हिसाबले दशैं मनाउने गरिएको छ । दशैं शक्तिको पर्व भएकाले शक्तिको उपासना गरेर दशैं मनाउने गरिएको उनको भनाइ छ । उनले भने, ‘दशैंमा शक्तिको पूजा हुन्छ । शक्ति प्राप्तिका लागि साधना आवश्यक छ । त्यसैले यो क्षेत्रमा दशैंका बेला चोखो भोको रहेर नवरात्र उपासन गर्ने चलन छ ।’

सुदूरपश्चिममा दशैंका बेला खानपिनभन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको पाइन्छ । यो क्षेत्र सत्यको भूमि भएकाले यो बेला शक्तिकी अधिष्ठात्री देवी भगवतीको सात्विक हिसाबले पूजन हुन्छ ।पितृ पक्षबाट नै शुद्ध शाकाहारी भोजन शुरु गरेका श्रद्धालुहरूले नवरात्रको दश दिनसम्म एकछाक मात्रै खाएर नवरात्र उपासना गर्ने गरेका छन् । विजयादशमीको टीका ग्रहण गरेपछि मात्रै खाना खाने चलन रहेको पण्डित भट्टले बताए । ‘दशैंका बेला मीठोमसिनो खाने, मासु खाने चलन देशका अन्य ठाउँमा छ तर यहाँका विभिन्न शक्तिपीठमा दशैंको दिन पूजाआजा हुने भएकाले सो दिन श्रद्धालुहरु व्रत बस्ने गर्छन्’, उनले भने ।

शक्तिपीठमा सामूहिक जमरा

देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्थापना गर्ने चलन रहिआएको भए पनि बैतडीसहित सुदूरपश्चिममा सामूहिकरूपमा मन्दिरहरूमा जमरा राख्ने चलन रहिआएको निङ्गलाशैनी मन्दिरका पुजारी भट्टले बताए । मन्दिरमा सामूहिकरूपमा जमरा राख्ने चलन वर्षौं पहिलादेखि शुरु भएको र यसले सामाजिक सद्भावको विकासमा सहयोग पु¥याएको विश्वास गरिन्छ । जिल्लाका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिरहरूमा सामूहिकरूपमा जमरा राखिएको छ । यस्तै महारुद्र, उदयदेव, सिगास, दोगडा, केदारलगायतका मन्दिरहरूमा पनि सामूहिकरूपमा जमरा राखिएको छ ।

दशैं सामाजिक सद्भावको पर्व भएकाले यो समयमा सामूहिकरूपमा मन्दिरमा जमरा राख्ने चलन रहिआएको दशरथचन्द नगरपालिका–२ का स्थानीयवासी रमेश बोहराले बताए । देवीदेवताका मन्दिरमा जमरा राखेर सामूहिकरूपमै पूजाआजा गर्ने चलन रहिआएको बोहराले जानकारी दिए । घटस्थापनाका दिन राखिएको जमरालाई धेरैजसो ठाउँमा अष्टमीका दिन काट्ने चलन छ । जमरा राखिएका मन्दिरमा रातमा समेत जाग्राम बसेर पूजाआजा गरिन्छ । जमरा देवीको प्रसादका रूपमा विजयादशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ ।

दशैंको अवसरमा नवरात्रि उपासना गरेर पूजाआजा हुन्छ । दशैंका बेला शक्तिपीठहरूमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । दशैंको समयमा सामूहिकरूपमा पूजापाठ गरिने भएकाले घरबाहिर भएका, बसाइँसराइ गरेर गएकाहरू पनि फर्कने गरेका छन् ।

मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.