धनगढी, १६ असोज/ समाजिक उत्तरदायित्व बोकेको संस्थाले सामाजिक गतिबिधिमा उल्यखिनिय काम गर्नेको सरोकारवालाले जोड दिएका छन् ।
धनगढी जेसिजद्वारा आयोजित दशै तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रमका बक्ताहरुले सबैलाई गोलबद्ध बनाउने सामाजिक संस्थाको गरिमा बचाएर अघाडी बढ्न पुर्व अध्यक्षहरुले सुझाब दिएका छन् ।
धनगढी जेसिजका अध्यक्ष जेसी भुवन पाण्डे ज्युको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्षहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा धनगढी जेसिजका पुर्ब अध्यक्ष, धनगढी जेसिजका पदाधिकारी, सदस्य, र जुनियर जेसिजकका प्रतिनधीहरुको सहभागिता रहेको कार्यक्रमका संयोजक तथा उपाध्यक्ष नर नेगी नरेशले जानकारी दिए ।
