धनगढी,१४असोज/कैलालीको धनगढीमा पुर्चौडी समाज (पुस)को तदर्थ समिति गठन गरिएको छ । कैलाली जिल्लाका बिभिन्न स्थानमा बसोबास गर्दै आएका पुर्खयौली घर बैतडीको पुर्चौडी क्षेत्रभएकाहरुको भेलाले सो समाज गठन गरेको हो । कंचनपुर जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको पुर्चौडी समाजले शुक्रवार धनगढीमा आफ्नो शाखाको रुपमा उक्त समिति बिस्तार गरेको हो । बैतडी जिल्लाको सबिकको पुचौडी क्षेत्रमा पुर्खयौली घर भई कैलालीमा बसोबास गर्दै आएकाहरुबिच भाईचाराको सम्बन्ध स्थापित गर्न समाज गठन गरिएको हो ।
जसको अध्यक्षमा बेदप्रकाश जोशी,उपाध्यक्षमा भरतबहादुर बिष्ट, सचिवमा धर्मराज जोशी,सहसचिवमा गंगादत्त पन्त,कोषाध्यक्षमा अंकलबहादुर भण्डारी रहेका छन् । यस्तै सदस्यहरुका गोकुल कुँबर, धर्मानन्द जोशी,हेमराज जोशी, धनबहादुर भण्डारी र निलम कुँवर रहेका छन् ।
यस्तै भेलाले सात सदस्सीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा कर्णबहादुर कुँवर,ताराप्रसाद जोशी,अमीर बिष्ट, गणेशबहादुर धनुषे,पदमपती शाही९बिष्ट०,मदनबहादुर कुँबर, र प्रेस सल्लाहकारमा कृतबहादुर बिष्ट चयन भएका छन् ।यसअघि जेष्ठ नागरिक अनिल बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी,पुर्चौडी समाज कंचनपुरका अध्यक्ष बिरेन्द्रबहादुर ऐर रहेका थिएका थिए ।
कार्यक्रमा अधिवक्ता तथा पुर्व प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट , बुद्धिजिबी कर्णबहादु कुबर बिशिष्ठ अतिथी रहेका थिए । समाजसेवी मदनबहादुर कुबरले संचालन गरेको कार्यक्रममा बिभिन्नि ब्याक्तीत्वहरु अतिथी रहेका थिए ।कार्यक्रममा अधिकांश वक्ताहरुले पुचौडी क्षेत्रको समर्ग पहिचानको संरक्षणमा जोड दिएका थिए ।