भोज मन्नी
मसुरिया २ असोज/डेगु रोग लगाएत किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोजौं र नष्ट गरौं अभियान कार्यक्रम शुरु भएको छ । मसुरिया स्वास्थ्य चौकीको आयोजनामा कैलालीको गौरीगंगा नगरपालिका मसुरिया साझाबजारमा आइतबार रयाली निकालेको छ ।
घर वरपर सफा राखौं,डेगु रोगबाट बचौ र बचाउ,पानी जम्ने बस्तु खाली गरौ,पुरै शरीर ढाक्ने लुगा लगाउ भन्ने नारा सहित बजारमा जनचेतना अभियान शुरु भएको हो ।गौरीगंगा नगरपालिकामा डेगु रोग संक्रमित दिनप्रतिदिन बढ्दै गइरहेकोले जनचेतना अभियान थालनी गरेको मसुरिया स्वास्थ्य चौकीका सिनिएर अहेब दिर्घराज जोशीले बताए । स्वास्थ्य स्वंयसेविकाहरुले पनि टोलटोलमा गएर जनचेतना दिने काम गरेका छन् ।
चौमला प्राथमिक स्वास्थ्य केन्द्र र मसुरिया स्वास्थ्य केन्द्रबाट जाँच गर्दा नगरपालिका भरि वडा न. १,२,४ , ८ र ९ गरि ८ जनामा संक्रमित देखा परेको स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद भुसालले बताए ।रयालीमा सिवालिक आधारभूत विद्यालय,विहानी क्षितिज बोडिङ स्कूलका विद्यार्थीहरु ,शिक्षक,स्वास्थ्यकर्मी र स्वंयमसेबिकाको सहभागिता रहेको थियो ।