काठमाडौँ,१० जेठ।नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिनदेखि सुनचाँदीको कारोबार मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । जुन, जेठ ८ गते पनि यही मूल्यमा कारोबार भएको थियो । यस्तै, हिजो ९ गते पनि सोही मूल्यमा भएको कारोबार आज पनि स्थिर रहेको छ ।
यसै गरी, आज चाँदीको कारोबार मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको छ । जुन, पछिल्लो तीन दिनयता स्थिर मूल्य हो ।
