काठमाडौँ, १० जेठ । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्र प्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिले रिक्त रहेको एक एआईजीमा गौतमलाई बढुवा गर्न सिफारिस गरेको हो।
राजु अर्याल आईजीपीमा बढुवा र अर्का एआईजी रामशरण पौडेल अनिवार्य अवकासमा गएपछि वैशाख १९ गतेबाट २ एआईजी रिक्त भएको थियो।
तर एक एआईजीमा केही दिन पहिले नारायणदत्त पौडेल बढुवा भएका थिए। पौडेललाई बढुवा गर्ने निर्णय भएकै दिन अर्को सूचना प्रकाशित गरिएको थियो।गौतम हाल कार्यरत डीआईजी मध्ये वरिष्ठ हुन्।