धनगढी ७ जेठ । कैलालीको धनगढीमा जारी टी–२० क्लबक्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’अन्तर्गत शनिवार सम्पन्नदुई खेलमाकञ्चनपुरको महेन्द्रनगर क्रीकेट एकेडेमी र लिटल फ्लावर क्रीकेट क्लबधनगढी विजयीभएका छन् । शनिवारको पहिलो खेलमा बलरहरू चम्किँदा महेन्द्रनगर क्रीकेट एकेडेमीले विजयी सुरुवात गरेको छ । धनगढी क्रीकेट एकेडेमीलाई २९ रनले पराजितगर्दै महेन्द्रनगरले पहिलो खेलमै जितनिकालेको हो ।
धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले १६.३ ओभरमाआफ्ना सबै विकेट गुमाएर १ सय १३ रन मात्रै बनाउन सक्यो । १ सय १४ रनको सामान्यविजयीलक्ष्यसहित मैदानउत्रिएको धनगढी क्रीकेट एकेडेमीले महेन्द्रनगरका बलर सामु २० ओभर पुरै खेल्दा ८४ रन मात्रै बनाउन सक्यो । उसकालागि राजु रिजालले ३१ रन बनाउनु बाहेकअन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन ।
डीसीएलाई सस्तैमा समेट्न महेन्द्रनगरका राहुल भण्डारीले ४ ओभर बलिङ गर्दै २६ रन खर्चिएर ४ विकेट लिए । हेमन्तधामीले २ विकेट लिए ।
त्यस अघि धनगढी क्रीकेट एकेडेमीका बलर हिक्मत महराले कसिलो बलिङ गर्दा महेन्द्रनगर १ सय १३ रनमै समेटिएको थियो । उसकालागिआयुष्मान् बमले २५ र हेमन्तधामीले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायकबनेन । बलिङ तर्फ हेमन्तले ४ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १८ रन खर्चिएर महत्त्वपूर्ण ६ विकेट लिए । खेलको प्लेयर अफदीम्याच राहुल भण्डारी चुनिए ।
शनिवारको दोस्रो खेलमा लिटल फ्लावर क्रीकेट क्लबले कैलालीजिल्लाक्रीकेट क्लबलाई १५ रनले पराजितग¥यो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लिटल फ्लावर क्रीकेट क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय७९ रनको चुनौतीपूर्ण योगफलतयार पारेको थियो । १ सय ८० रन पछ्याउँदै जवाफी ब्याटिङ थालेको कैलालीजिल्लाक्रीकेट क्लबले ९ विकेट गुमाएर १ सय ६४ रन मात्रै बनाउन सक्यो । उसकालागिदीपक टमाटाले ४१ र दिनेश ओडले २७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङ तर्फ लिटल फ्लावरकादीपकबोहराले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । उसकाकौशल रुपाखेतीले २ विकेट लिए ।त्यस अघि लिटल फ्लावरकालागिप्रकाश जैशीले ४ छक्का र ३ चौकाको मद्दतले २८ बलमा ४८ र कृष्ण कार्कीले ६ चौका र १ छक्काको मद्दतले २४ बलमा ४२ रनको अविजितपारी खेले । ६ विकेटगुमिसेकेको अवस्थामाउनीहरूले अन्तिम ४१ बलमा ८६ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए ।
उसकामनिस थापाले २६ र दीपकबोहराले २२ रन बनाए । बलिङ तर्फ कैलालीजिल्लाक्रीकेट क्लबकावीरेन्द्र नाथले २ विकेट लिए । खेलको प्लेयर अफदीम्याचप्रकाश जैसी चुनिए ।
लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामाप्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालनहुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २ लाखउपविजेताले १ लाखतथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यानतथाउदीयमान खेलाडीले ७हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन् ।
विद्यालय स्तरीय राष्ट्रिय क्रीकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगसमेत आयोजनागर्दै आएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले यहाँको खेल क्षेत्रलाई थपचलायमान बनाउनुपर्छ भनेर राष्ट्रिय स्तरका खेलाडी समावेश हुने प्रतियोगिता सुरुवात गरेको शाहीको भनाई छ ।
प्रतियोगितामा देशकाविभिन्न ६ वटा क्लबहरू बुङगलक्रिकेट क्लबबझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलालीजिल्लाक्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहको धनगढी सुपर लिगका संयोज कविन्द्र वडले जानकारी दिए ।